सबैको श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

bidya devi bandariकाठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।

उहाँले सबै नेपाली श्रमिक एवं मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास, अनकूल कार्यवातावरण, न्यायोचित कार्यघन्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध स्थपित हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

यस दिन सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।