१६ बुदेविरुद्ध जातीय महासंघ

काठमाडौं, २९ जेठ । आदिवासी–जातीय–क्षेत्रीय महासङ्घ, नेपालले प्रमुख चार शक्तिले जेठ २५ गते गरेको १६–बुँदे सहमतिप्रति आपत्ति जनाएको छ । महासङ्घका महासचिव सुरेश आलेमगरले आज जारी गर्नुभएको विज्ञप्तिमा सो सहमतिले उत्पीडित जाति तथा समुदायको चाहना, माग, आवश्यकता र सङ्घर्षलाई पूरै लत्याउँदै जातीय पहिचान र अधिकारको मुद्दा कमजोर बनाएको उल्लेख छ । महासङ्घले १६ बुँदे सहमतिप्रति आफ्नो असहमति रहेको जनाउँदै तत्काल त्यसलाई सच्याउनसमेत माग गरेको छ ।