लोकसेवाले भन्यो: उमेरहद नबढाउ

काठमाडौं – कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याउने गरी हुन लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ ।

दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।

मन्त्रिपरिषद्ले तत्काल उमेर बढाउँदा के असर पर्छ भन्दै लोकसेवा आयोगसँग परामर्श मागेको थियो ।

लोकसेवाले संघीय लोकसेवा आयोग गठनको तयारीमा रहेका बेला तत्काल कर्मचारीको उमेरहद बढाउन उपयुक्त नहुने सझाब दिएको छ।