मोरङ– कांग्रेस नेता विमलेन्द्र निधिले सीमाङ्कनमा हेरफेर गरेर भए पनि अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९२औँ जन्मजयन्तीका अवसरमा बुधबार बेलुका मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उहाँले नयाँ संविधान कार्यान्वयन गर्न पनि मधेसको विवाद तत्काल टुङ्ग्याउनु जरुरी छ भन्नुभयो ।
मुलुकको समस्या समाधानका लागि प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेको भन्दै नेता निधिले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पित गर्ने संस्थापक नेता कृष्णप्रसाद भट्टराईको योगदानलाई कांग्रेसले कहिल्यै नबिर्सने बताउनुभयो ।
उहाँले कांग्रेस र मधेस केन्द्रित दलसँग भइरहेको वार्ता सकारात्मक भएकाले पनि दुई दिनभित्र निकास निस्कने दाबी गर्नुभयो ।






