कर्णेल लामाको मुद्दा व्यवस्थापन 
सम्बन्धि बैठक हुने

kumar lamaलन्डन ।

नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा सुनुवाइ सम्बन्धमा छलफल गर्न 
 जुरी बैठक आगामी २४ अगष्ट (सोमबार) बस्ने भएको छ । ‘यो सुनुवाइ नै होइन, यसको व्यवस्थापन 
सम्बन्धि बैठक हुनेछ । बेलायतको आवासीय अधिकार लिएका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा एक्कासी समातिएका थिए ।

त्यतिबेला उनी दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका थिए । लामाले सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहंदा माओवादीको आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा यहां मुद्दा खेपिरहेका छन् ।

लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा छ ।