लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।
समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् । समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ ।
गैर–आवासीय नेपाली संघ यूकेको विधानका धारा २०(१२) बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्ने गर्दछ ।
एनआरएनए यूकेको गत अगष्ट पहिलो साता निर्वाचित भई आएको नयाँ कार्यसमितिले कार्यभार सम्हालेसँगै आर्थिक गतिविधिहरु अघि बढाइएको कोषाध्यक्ष समेत रहेका संयोजक खरेलले लण्डन नेपाल न्यूजसँग बताए ।
उनले एनआरएनएको आर्थिक समृद्धिको अभियान अब निरन्तर अघि बढ्ने समेत बताए ।






