बेलायतमा यस्तो छ दशैंको शुभसाइत,विजया दशमीको शुभकामना ।

लण्डन । नेपालीहरुको महान चाड बडा दशैं दिन आज मनाइदैछ छ ।  दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न  दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।

यसै बीच बेलायतमा रहेका नेपालीहरुको लागि दशैं पर्वका विभिन्न साइतहरु सार्वजनिक गरेको छ ।पशुपतिनाथ मन्दिरका मूल पूजारी ज्योतिष पण्डित निलहरी घिमिरेका अनुसार बेलायतमा टिका ग्रहण गर्ने शुभ साइत अक्टुबर १५ सुक्रबार बिहान ९ बजेर १५ मिनेटमा उत्तम रहेको पशुपतिनाथ मन्दिरका मूल पूजारी ज्योतिष पण्डित निलहरी घिमिरे तथा पण्डित चिरन्जिवी ढकालले लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीसँग भने, । घरमा आफन्तजनहरुबाट टिका ग्रहण गर्दा  पूर्व फर्किनु र लगाइदिनेले पश्चिम फर्किनु  उत्तम रहने समेत उनीहरुले बताएका छन् ।

विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतमा काल बेला छलेर अमृत बेलाको छनौट गर्दा बिहानको उक्त समयलाई नै उपयुक्त मानिएको बताए ।

बेलायतका विभिन्न मन्दिरबाट समेत टिका जमारा वितरण हुँदै साउथ इष्ट लन्डनको पशुपतिनाथ नेपाली मन्दिर प्लमस्टिडमा दशैंको दिन पूजित टिका, जमारा वितरण कार्यक्रम आयोजना गरिएको जानकारी मन्दिर समितिका अध्यक्ष दाँसु पाण्डेले दिएका छन् ।

त्यसैगरी वेष्ट लन्डन अन्तर्गत साउथल राम मन्दिरबाट टिका, जमारा लिए पश्चात घर घरमा टिका थाप्ने लगाउने तयारीमा अधिकांश नेपालीहरु भएको पण्डित ढकालले दिए ।

यस अलावा बेलायतको अल्डरसट, बर्मिंघम, नोटिंगहम, केन्ट, लेस्टर तथा वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा बस्ने नेपालीहरु समेत स्थानीय मन्दिरहरुबाट टिका ग्रहणको शुभारम्भ गर्ने तयारी गरिरहेको लण्डन नेपाल न्यूजलाई जानकारी प्राप्त भएका छन् ।