पूर्व युवराज पारस शाहको छातीमा अचानक समस्या

नारायणगढ । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा अचानक समस्या भएको छ ।

छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ। मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो ।

सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए ।
अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ। शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ । डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन्

मुटुसम्बन्धी समस्या रहेका शाहलाई यसअघि तीन पटकसम्म हृदयघात भएको थियो ।