काठमाडौ । सरकारले करको दायरामा आउनेलाई शुल्क तथा ब्याज मिनाहा दिने भएको छ ।
कर लाग्ने आय आर्जन गरी चार वर्षसम्म पनि कर दाखिला नगरेका सार्वजनिक पदधारणा गरेका ब्यक्तिहरुलाई आन्तरिक राजश्व विभागले शुल्क तथा ब्याज मिनाहा गर्ने जनाएको हो ।
दाखिला नगरेको कर आगामी पौष मसान्तसम्म दाखिला गरी स्थायी लेखा नम्बर लिएमा अघिल्ला वर्षहरुको आय विवरण समेत पेश गर्नु नपर्ने तथा सोमा लाग्ने कर, शुल्क तथा ब्यजा मिनाहा हुने विभागले जनाएको छ ।
चिकित्सक, कलाकार, ईन्जिनियर, कानून ब्यवसायी, लेखा परीक्षक, ब्यापारी, उद्योगी, लगानीकर्ता, परामर्श सेवा प्रदायक, कमिशन एजेन्ट तथा सार्वजनिक पदधारण गरेका ब्यक्तिले सुविधा उपयोग गर्न विभागले सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ ।
सार्वजनिक पद धारण गरेर पनि करको दायरामा नआएपछि विभागले आर्थिक वर्ष २०६७ देखि कर नतिरेकाहरुलाई आकर्षण गर्न सुविधा दिएको हो । नागरिकलाई कारको दायरामा ल्याउन सरकारले पटक पटक आग्रह गरे पनि करको दायरामा आउन सकेका छैनन् ।






