नेपालसँगको सम्बन्ध बिगारेकोमा मोदीप्रति लालुको कडा आपत्ति

lalu yadavकाठमाडौं- बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको रोटी–बेटीको सम्बन्ध बिगारेको बताएका छन् ।

सोमबार साँझ ट्विट गर्दै यादवले युगौंयुगको रोटी-बेटी सम्बन्ध बिगारेर मोदीले नेपालमा चीन प्रभाव बढाउने काम गरेको उल्लेख गरेका छन् ।

यादवले भनेका छन्, ‘नेपाल, जोसँग युगौंयुगको हाम्रो रोटीबेटीको सम्बन्ध थियो, त्यो सम्बन्ध बिगारियो, अब त्यहाँ चीन प्रवेश गर्दैछ र महासय (मोदीलाई संकेत गर्दै) विश्व भ्रमणमा छन् ।’

यादवले लगत्तै अर्को ट्विटमा भनेका छन्, ‘बडो तामझामका साथ नेपाल गएका थिए तर सम्बन्ध नै बिगारे । अरु देशसँग के होला ?’