काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दोस्रोपटक भारत भ्रमणमा गएका छन् ।
थापा मङ्गलबार बैंग्लोरमा आयोजना हुने धार्मिकसभामा भाग लिएपछि दिल्ली जाने कार्यक्रम छ ।
दिल्लीमा रहँदा उपप्रधानमन्त्री थापाले भारतीय नेताहरुसँग नेपालको समसामयिक विषयमा अनौपचारिक भेटवार्ता र छलफल गर्ने सम्भावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
उपप्रधानमन्त्री थापा बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।






