जेनी, बेलायत,
पेरिसमा ज्यान गुमाएकाहरुको सम्झनामा फ्रान्सका विभिन्न शहरमा मौन जुलुसहरु निस्किएका छन्।
१७ जनाको हत्या गरेका बन्दुकधारीहरुलाई सहयोग पु-याउने व्यक्तिहरुको खोजी कार्य जारी रहँदा फ्रान्समा प्रहरीलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरुले बताएका हुन्।
पेरिसस्थित यहुदीहरुले किनमेल गर्ने एउटा सुपरमार्केटमा धावा बोल्ने बन्दुकधारी एमदी कुलेवालीइकी साथी आयत बुमिडियन अझै पनि फरार रहेकी छिन्।
एक जना महिला प्रहरीको हत्या गरिंदा कुलेवालीइसँगै रहेको र प्रहरीले उनी खतरनाक रहेको बताएको छ।

उक्त गोलीकाण्डपछि दुबै हराएपनि पूर्वी पेरिसस्थित सुपरमार्केटमा देखा परेका कुलेवालीले कयौँ मानिसहरुलाई बन्धक बनाएका थिए।
बुधवार शार्ली अब्दो पत्रिकाको कार्यालयमा हमला गरेका दुई जना बन्दुकधारीहरु भने प्रहरी कार्वाहीमा मारिएका छन्।
पेरिस र आसपासका क्षेत्रहरुमा उच्चतम सुरक्षा सजगता अपनाइएको ,प्रहरी र अरु सुरक्षा निकायलाई सघाउन शहरमा ३ सय सुरक्षाकर्मीहरु परिचालन गरिएको छ,






