प्रचण्डले बोलाए कांग्रेस र मोर्चालाई छलफलमा

काठमाडौं, १८ चैत । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच छलफल हुँदैछ । संविधान संसोधन विद्येयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक राखेका हुन् ।

शुक्रवार (आज) दिउँसो ३ बजे बालुवाटारमा राखिएको छ । सरकारले घोषणा गरेको आउँदो बैशाख ३१ गतेको स्थानीय तहको चुनावी वातावरण मधेसमा बन्न नसरिहेको अबस्थामा सहमतिबाटै चुनाव गराउन प्रचण्डले पहल थालिरहेका छन् ।

मोर्चाले तराईमा स्थानीय तहको सख्याँ बढाउनुपर्ने माग गरेको छ । तराईका २० जिल्लामा ३४ प्रतिशत स्थानीय तह बनाइएकोमा ५० प्रतिशत पुर्राउनुपर्ने उसको माग रहेको छ । सीमाङ्कनको विवाद आयोग मार्फत टुंग्याउने र अन्य विषय तत्काल संशोधन मार्फत टुंगाउने गरी अगाडि बढ्न प्रचण्डले प्रस्ताव गरेका छन् ।

अहिले नै स्थानीय तह बढाउन नसकिए प्रदेशसभाले स्थानीय तहको सीमा हेरफेर गर्न सक्ने गरी अधिकार दिनुपर्ने मोर्चाको शर्त छ ।