एजेन्सी- बेलायती संसदमा प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिटको मुद्दामा थप अर्को ठूलो हार व्यवहार्नु परेको छ ।
टेरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयूबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्विकृत भएको छ ।
बेलायती सांसदले ब्रेग्जिट सम्झौतामा प्रधानमन्त्री टेरिजा मे को संशाधित मस्यौदालाई ठूलो अन्तरले खारेज गरिदिएको छ ।
सांसदले सम्झौताको यो मस्यौदालाई यसपटक १४९ को भोटअन्तरले खारेज गरेका छन् । यो अन्तर जनवरीभन्दा पनि धेरै हो ।
सोमबार अबेर राती युरोपेली संघका नेताबीच छलफल गरिरहेकी टेरिजा मेले सांसदहरुलाई कि त ब्रेग्जिटको संशोधित मस्यौदालाई समर्थन गर्न वा त ब्रेग्जिटलाई नै अस्विकार गर्न अपिल गरेकी थिइन् ।
मेले के भनिन् ?
मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दुस्खित् भएको बताइन् ।
तर उनको भनाइ थियो, ‘म अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्त समेत हो ।’
मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन्। अथवा सम्झौता सहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेको भन्नेमा समेत स्पष्ट हुन भनेकी छन् ।
ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भएपनि ती सामना गर्नुको विकल्प समेत नहुने बताइन् ।
बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधवार सरकारले घोषणा गर्ने उनको भनाइ थियो ।
अब के हुन्छ ?
प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिट सम्झौता खारेज भएपछि आगामी मार्च २९ तारिखमा ब्रिटेन कुनै सम्झौता बिना नै इयुबाट बाहिरिने बाहिरिने कि नबाहिरिने अथवा कुनै सम्झौता बिना सांसदहरु युरोपेली संघबाट बाहिरिन तयार हुँदैनन् भने ब्रेग्जिटलाई लम्ब्याउने वा नलम्ब्याउने भनेर मतदान गर्ने जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री मेले यदि बुधबार संसदले बिना सम्झौताको ब्रेग्जिटलाई स्विकोराक्ति दिन्छ भने यूकेलाई ईयूबाट बाहिर निकाल्ने प्रक्रियाका लागि मतदान हुने बताएकी छिन् ।
ब्रिटेनमा भएका पछिल्ला विकासक्रमलाई युरोपेली नेताहरूले चिन्तापूर्ण रूपमा हेरिरहेका छन् ।
टेरिजा मेको सरकारलाई समर्थन दिइरहेका टोरी सांसद र डेमोक्रेटिक युनियनिस्ट पार्टीका सांसदले ब्रेग्जिट मस्यौदालाई समर्थन गर्न अस्विकार गरेका थिए ।
उनीहरुका अनुसार यूके सधैंका लागि युरोपेली संघको हिस्सा नहोस् भन्नका लागि प्रधानमन्त्रीले जुन कानूनी आश्वासनको कुरा गरिरहेकी छिन् त्यो पूर्ण छैन ।
टोरी सांसद जेकब रिस मागको नेतृत्वमा युरोपियन रिसर्च ग्रुपले एक बयान जारी गरेर भनेका थिए, ‘हामीलगायत अन्य व्यक्तिको कानूनी आँकलन अनुसार हामी सरकारको मस्यौदालाई स्विकार गर्न समर्थन गर्न असमर्थ छौं ।’
१९२२ को कमिटी अफ ब्याकबेन्च टोरी एमपीजका उपाध्यक्ष चार्ल्स बेकरका अनुसार पछि हुने मतदानमा यदि सरकारको हार भयो भने पुनः आम निर्वाचन गराउनुपर्ने स्थितीको सृजना हुन सक्छ ।’
उनले भने, ‘संसदमा अहिले जे स्थिती छ त्यो स्थायी होइन ।’
यसअघि अटोर्नी जनरल जेफ्री कक्सले सांसदलाई ब्रेग्जिटपछि पनि युरोपेली संघसँग आबद्ध हुने कानूनी खतरामा कुनै परिवर्तन नहुने बताएका थिए ।
जेफ्री कक्सका अनुसार प्रधानमन्त्रीले जुन नयाँ आश्वासन लिएर आएकी छिन् त्यसले यदि भविष्यमा दुबै देशको सम्बन्धमा युरोपेली संघको छलफल कुनै कारणवश टुट्छ भने आयरल्याण्डको विवादका कारण ब्रिटेन इयूबाट अलग हुन अनिश्चितकालको समय लाग्ने छैन अथवा कुनै कारण बिना ढिला हुनेछैन ।’
उनले सन्तोषजनक ब्रेग्जिट सम्झौता भएपछि दुईबीच व्यापारिक सम्बन्ध कसरी हुनेछ त्यो पूर्ण रुपमा राजनीतिक निर्णय हुने बताएका छन् । उनले भने, ‘यसका लागि सांसदले प्रधानमन्त्रीले ल्याएको मस्यौदाको समर्थन गर्नुपर्ने हुन्छ ।’
अटोर्नी जनरलका अनुसार यदि विचारको मतभेदका कारण ब्रेग्जिटपछि सम्झौतामा सहमती बन्न सकेन भने सम्झौता पछि पनि कानूनी खतरा यथावत् रहनेछ र यूकेसँग युरोपेली संघसँग सम्झौता बिना अघि बढ्नका लागि कुनै अन्तरराष्ट्रिय माध्यम हुनेछैन ।
यसअघि यसै वर्ष जनवरीमा टेरिजा मेले ब्रेग्जिट मस्यौदालाई बेलायती संसदमा पेश गरेकी थिइन् जसलाई खारेज गरिएको थियो । मतदानमा ४३२ मध्ये मात्र २०२ को समर्थन पाएको थियो ।






