प्रथम भीसी थापाको शालिक निर्माणका लागि सोंपाल समाज यूकेले गर्‍यो १ हजार २० पाउण्डको चेक हस्तान्तरण

शिब भण्डारी

लण्डन । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरको अल्डरसटमा  शालिक निर्माणका लागि सोंपाल समाज युकेले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बेलायतको अल्डरसटस्थित प्रिन्सेस पार्कमा बनाउन लागिएको उक्त शालिक निर्माणका लागि सोंपाल समाज युकेले १७ जुलाई २०२० मा निर्माण समितिलाई १०२० पाउण्ड (१ लाख ५३ हजार ४४२ नेपाली रुपैयाँ) हस्तान्तरण गरेको हो।
कार्यक्रममा समाजका अध्यक्ष युक्त गुरुङ, ट्रस्टिज क्याप्टेन राजेन्द्र मान गुरुङ, सल्लाहकार दिपक गुरुङ, महासचिव भरत गुरुङ, सह सचिव लइन्च कुमार गुरुङ, कार्यसमितिका सदस्य कपिल गुरुङ उपस्थित हुनुभएको थियो।
त्यस्तै ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई र प्रोजेक्ट संयोजक मेजर खिम गौचनको पनि उपस्थिती रहेको थियो।
शालिक निर्माणका लागि स्थानीय रसमुर काउन्सिलले स्थान तथा मर्मतसम्भारको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापनवापत लाग्ने खर्चको जिम्मा लिएको छ।
शालिक निर्माणका लागि व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोग प्रदान हुने क्रम निरन्तर रहेको शालिक निर्माणमा सक्रिय गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले बताए ।