एनआरएनए यूकेको नमूना मतपत्र सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली संघ (यूके) को सेप्टेम्बर १४ मा हुने निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन समितिले उक्त नमुना मतपत्र सार्वजनिक गरेको हो । मतदाता शिक्षाका लागि दुई साता अघि नै नमुना मतपत्र सार्वजनिक गरेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार एनआरएन यूके केन्द्रीय कार्यसमितिका २७, आइसीसी सदस्यका लागि ७ र ४ वटा राज्यसमितिका लागि १०(१० गरी कूल ७४ पदका लागि सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक साधारण सदस्य संख्या साढे १३ हजार माथि छ । एनआरएनमा सबैभन्दा बढी मतदाता भएको देश यूके पर्दछ । एनआरएनको ८० देशमा एनसीसी गठन भएको छ ।

आउँदो शनिबार अल्डरसटमा हुने एनआरएन यूकेको नवौं अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ । नयाँ नेतृत्व छनोटका लागि एनआरएन यूकेले १२ स्थानमा मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिले अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीन्डन, ह्यारो, प्लमस्टिड आसफोर्ड, लेस्टर, बर्मिङम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *