काठमाडौं– नेपाल र बङ्गलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र बंगलादेशबीच भएको सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यससम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न गठित सहसचिवस्तरीय एवम् सचिवस्तरीय समितिहरुको १७ र १८ गते चलेको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकले मंसिर नेपाल र बंगलादेशबीच विद्युत व्यापारको सम्भावना, नेपालमा जलविद्युत विकासमा लगानीको सम्भावना, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युत तथा नेपाल र बंगलादेश बीचमा नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयहरुको अनुमोदन गरेको छ ।

त्यस्तै बैठकले दुवै देशबाट तीन तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन एक महिनाभित्र टोलीका सदस्यहरुको नाम एकअर्कालाई उपलव्ध गराउने निर्णय समेत भएको छ ।

फेसबुक कमेन्ट