लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुनः चयन भएका छन् । सोसाइटीको सम्पन्न विशेष साधारण सभाले आलेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
आईतवार जुम मार्फत सम्पन्न सोसाइटीको ८ औँ अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद पुरी र उपाध्यक्षहरुमा सुरज पौडेल, अप्सरा गुरुङ छन्। महासचिवको जिम्मेवारी प्रकाश न्यौपानेले पाएका छन् भने सरोज केसी र भिमलाल भट्टराई सचिव चुनिएका छन् ।कुलराज गुरुङ कोषाध्यक्ष तथा यम थापा र सन्जय भण्डारी सहकोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ रहेका छन् ।
कार्यक्रममा सस्थाको अधिवेशनमा नेतृत्व चयन गर्न गठित निर्वाचन समितिका प्रमुख आयुक्त एबम वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङले नवगठित कार्यसमितिलाई सस्थाको गरिमालाई उँचो बनाईराख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना समेत दिए ।
यसैगरी कार्यक्रममा सल्लाहकारहरु ज्ञाम गुरुङ, कुल आचार्य, दधि आचार्य, थर्क राना, धनबहादुर थापा, हरि गुरुङ, मेजर कृष्ण गुरुङ, युवन गुरुङ पुरन गिरी र कुसाङ गुरुङले सम्बोधन गर्दै नयां कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।






