कोरोना बिरुद्ध लड्न रोनाल्डोको सहयोग ।

पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न  पुनः सहयोग गरेका छन् । रोनाल्डोले पोर्चुगलको एक अस्पताललाई पाँच भेन्टिलेटर सहयोग गरेका हुन् ।

यसअघि उनले आफ्ना एजेन्ट जर्ज मेन्डेससँग मिलेर कोरोनाविरुद्ध लड्नका लागि १ मिलियन युरो सहयोग गरेका थिए ।
शनिबार लुसा समाचार संस्थानले दिएको जानकारी रोनाल्डोले पुनः आफ्ना एजेन्टसँग मिलेर मदेइराको क्षेत्रीय स्वास्थ्य संस्थालाई पाँच भेन्टिलेटर सहयोग गरका हुन् ।
गत मंगलबार मात्र रोनाल्डो र मेन्डेसले मिलेर सान्टो एन्टोनियो अस्पताललाई १५ शैय्यासहितको आईसीयू, चिकिस्ता सामाग्री, भेन्टिलेटर, मनिटरलगातय अन्य सामाग्री सहयोग गरेका थिए ।

त्यसबाहेक रोनाल्डो र मेन्डेसले पोर्तो र लिस्बनको अस्पतालमा एक मिलियन युरो सहयोग गरेक थिए । स्पेनिस क्लब रियल मड्रिड सँगको नौ बर्षे यात्रालाई २०१८ मा पूर्णबिराम लगाउँदै रोनाल्डो युभेन्टस पुगेका थिए । ३५ वर्षीय रोनाल्डो हाल आफ्ना परिवारका साथ जन्मस्थान पोर्चुगलको मदेईरामा छन् ।