राधिका गुरुङ (टिका )
गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय सम्मेलन हङकङमा यही डिसेम्बर ८ र ९ तारिखका दिन हुँदैछ । सम्मेलनको लागि विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम शूरु भएको छ । सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । अहिले हामी सम्मेलनमा पाल्नुहुने विश्वभरीका एनआरएनहरुलाई हङकङमा स्वागत गर्न निकै आत्तुर छौ । सम्मेलन निकै भब्य र सम्य रुपमा सम्पन्न गर्न हामी हरदम तयारी अवस्थामा छौ । हाम्रो टिम विगत दुई महिनादेखि यही सम्मेलनको तयारीमा रातोदिन नभनी खटिरहेको छ ।
सम्मेलनमा नेपाल सरकारबाट कृषि मन्त्री चक्रप्राणी खनाल पाल्नुहुनेछ । सम्मेलनमा एसिया प्यासिफिकबाट मुख्यभूमी चीन, हङकङ, मकाउ, दक्षिण कोरिया, जापान, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड लगायतका देश तथा अन्य मुलुकहरुबाट आउनुहुनेछ । जसमा तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान गरेका छौ । एनआरएन आइसिसीको तर्फबाट संस्थापक अध्यक्षदेखि वर्तमान अध्यक्ष र आइसिसी पदाधिकारी तथा सदस्यहरु पाल्नुहुनेछ । सम्मेलनमा एसिया प्यासिफिकका विभिन्न देशबाट प्रतिनिधि पाल्नुहुनेछ ।
सम्मेलनको तयारीको लागि एसिया प्यासिसिफ क्षेत्रका क्षेत्रीय संयोजक किरण थापा ६ तारिखमा आउँदैहुनुहुन्छ । संयोजक थापाले जापान बसेरै भएर पनि तयारीमा सहयोग गरिरहनु भएको छ । एनआरएन हङकङको पूरै टिम परिचालन गरेर सम्मेलनलाई कसरी भब्य र सम्य रुपमा सम्पन्न गर्ने भन्नेमा नै ध्यान केन्द्रित गरिरहनु भएको छ । एनआरएन हङकङको टिमको यो सक्रियताले झनै हौसला र उत्साहीत बनाएको छ । एनआरएन हङकङले क्षेत्रीय सम्मेलन गर्ने जिम्मेवारी पाउनुमा नै हामीले गर्व महसुस गरेका छौ । हामीलाई जुन विश्वासले जिम्मेवारी दिइएको छ, हामी त्यहीअनुसार नै सम्मेलन भब्य र सम्य रुपमा सम्पन्न गर्न लागिपरेका छौ ।
हङकङमा भिसा नपाइएला कि भन्ने सबैमा ठूलो चिन्ता थियो, अझ हङकङ आउन चाहानुहुने एनआरएनहरुमा पनि त्यो शंकाको विषय थियो, तर एनआरएन हङकङले त्यो विश्वासलाई जितेको छ । विश्वभरी रहनु भएको एनआरएनहरु हङकङको यो सम्मेलनमा आउँदैहुनुहुन्छ । त्यो नै सबैभन्दा ठूलो खुसीको कुरा हो । हामी यसैमा गौरव गछौ र हङकङमा स्वागत गर्न निकै आत्तुर छौ । सम्मेलन ८ तारिखमा रजिस्ट्रेसनको कार्य हुनेछ । डिसेम्बर ९ मा सम्मेलन समापन भएपछि पानीजहाज आकारको वाम्पोआ रेस्टुरेन्टमा बिदाई भोज आयोजना गरेका छौ ।
राधिका गुरुङ (टिका ) एनआरएन हङकङ अध्यक्ष तथा एनआरएन एसिया प्यासेफिक सम्मेलन तयारी समिति सदस्य सचिव हुनुहुन्छ ।






