काठमाडौं– वर्तमान सरकारको चर्को आलोचना गर्नेहरूले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । विष्ट ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीमा पर्छन । प्राय मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलार्इ गाडी हुइँक्याउन लगाउँछन् तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा पनि रोकिन्छन् ।

मंगलबार थापाथली चोकमा जाममा बसिरहेको समयमा मन्त्री विष्ट चढेको गाडी पत्रकार रामेश्वर बोहराको क्यामरामा कैद भएको छ । पत्रकार बोहराले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल भएको दैनिकी अनलाइनले जनाएको छ । धेरैले त्यसलार्इ रिट्वीट गरिरहेका छन भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन् ।

बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ १’

फेसबुक कमेन्ट