सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु : प्रधानमन्त्री

कञ्चनपुर -प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् ।

कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । “सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन उनले भने ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गरे ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उहाँले आदिवासी राना थारु समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने छ भने ।
प्रधानमन्त्री देउवाले आज कञ्चनपुरको बेलडाँडी, बेलौरी र पुर्नबासमा आयोजित चुनावी सभामा सहभागिता जनाएका छन् ।