
काठमाडौं- प्रमुख राजनीतिक दल र मधेसी मोर्चाको कार्यदलका बिचमा आज पनि छलफल हुने भएको छ ।
वार्ता सकारात्मक रुपमा अघि बढेकाले आज केही ठोस धारणा बन्ने नेताहरुले अपेक्षा गरेका छन् । कार्यदलमा व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भाषा र संघीय प्रदेशको सीमांकन परिमार्जनका लागि बन्ने समितिको कार्यविधिमा छलफल केन्द्रित भएको छ ।
राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकन परिमार्जन गर्ने प्रमुख दलको प्रस्तावमा मोर्चा सहमत भए पनि समितिकोकार्यविधि र वैधानिकताका विषयमा सहमति भइसकेका छैन । कार्यदलका सदस्य उप प्रधानतथा रक्षा मन्त्री भीम रावलले आजको वार्तामा केही ठोस धारणा बन्न सक्ने र छलफल सहमतिको नजिक रहेको बताए । उनले छलफलमा दुवैतर्फबाट आएका प्रस्ताव अहिले नै बाहिर नल्याउने पनि बताए ।
कार्यदल तहमा सहमति जुटेपनि शीर्ष नेताहरुको बैठक बसेर टुङ्गो लगाउने र संविधान संसोधन मार्फत संविधानमा समावेस गरिनेछ ।






