आफ्नै बोझले सरकार ढल्छ : कोइराला

shekhar koiralaधनगढी- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार आफ्नै बोझका कारण ढल्ने दाबी गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले ओली नेतृत्वको सरकारले आफ्नो भारी बोक्न नसकिरहेकाले सरकार गिराउन काँग्रेस नचाहिने बताउनुभयो ।

कांग्रेस सरकार गिराउने खेलमा नलागेको डा कोइरालाको भनाइ थियो । उहाँले पार्टीभित्र ६०/४० को भागबण्डाको राजनीतिलाई तोड्ने आफू अभियानमा रहेको स्पष्ट पार्नुभयो ।

पत्रकारको जिज्ञासामा डा कोइरालाले महाअधिवेशनको मुखमा आएर पार्टीको क्रियाशील सदस्यता फाराम वितरण गर्ने केन्द्रको कामले समस्या आएको बताउनुभयो ।