सिड्नी । थारु समाज सिड्नीले भव्य रुपमा माघी पर्व मनाएको छ । १४ जनवरी अर्थात माघ १ गते मंगलबार ईन्देणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्य रुपमा मनाईएको हो । कार्यक्रममा थारु समुदायको विभिन्न संस्कृती र मौलिकताको प्रस्तुती गरिएको थियो । कार्यक्रममा थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले कार्यक्रम प्रत्येक वर्ष झन झनै उत्कृष्ट बन्दै गईरहेको बताए । उनले कार्यक्रम सोचे भन्दा पनि सफल भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै थारु समाजले आगमी दिनमा पनि नेपालकै झल्को दिने गरी कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका थारु परिकार तथा पहिरनहरुले सजिएर ईन्देणी फंक्सन सेन्टर रगींबिरगीं भएको थियो भने पूर्व देखि पश्चिमसम्मका थारुका परिकार र पहिरनको प्रदर्शनी समेत गरिएको थियो ।कार्यक्रमको मुख्य आकर्षण क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा नेपालका विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै क्यावटवाकमा भाग लिएका युवायुवतीहरुले कुनै प्रतियोगीतामा भाग लिएको भान हुन्थ्यो । क्याटवाकले दर्शकहरुको ध्यान तान्दै गर्दा तालीले ईन्द्रेणी फंक्सन सेन्टर गुञ्जिएको थियो ।
स्थानीय कलाकारहरुले थारु जातिका विभिन्न पहिरनमा सजिएर प्रस्तुती थारु दिदै गर्दा समुदायको मौलिकता झल्काउनुका साथै कार्यक्रम लाई छुट्टै रौनकता दिएको थियो। कार्यक्रममा नेपालबाट आएकी कलाकार अनु चौधरीको ” विंदिया वुलाए सजना, सजन मोर, मन लागेना, लजालु मायालु, यहि त हो नी माया” जस्ता गीतहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई नचाइन भने त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।
स्थानीय कलाकारहरुले थारु जातिका विभिन्न पहिरनमा सजिएर प्रस्तुती थारु दिदै गर्दा समुदायको मौलिकता झल्काउनुका साथै कार्यक्रम लाई छुट्टै रौनकता दिएको थियो। कार्यक्रममा नेपालबाट आएकी कलाकार अनु चौधरीको ” विंदिया वुलाए सजना, सजन मोर, मन लागेना, लजालु मायालु, यहि त हो नी माया” जस्ता गीतहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई नचाइन भने त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।
माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँवर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ ।
कार्यक्रममा निम्फाका अध्यक्ष सुदर्शन थापा, महावाणिज्यदूत सञ्जिव शर्मा, एनआरएनएका अध्यक्ष अनिल पोखरेल, लगायतले मन्त्यब्य राख्दै माघीको शुभकामना दिए। एनआरएनएका पूर्व अध्यक्ष नन्द गुरुङ, एन्टा अध्यक्ष रञ्जित शाह,निम्फाका पूर्व अध्यक्ष अरुण के तामाङ, तमु समाजका कार्यवहाक अध्यक्ष हिउपति गुरुङ, चित्र तुम्बाहाम्फे, निम्फाका महासचिव अविरल तामाङ , अजय राजबंसी , देबेन्द्र सापकोटा , सूर्य खनाल, विस्वास श्रेष्ठ, छिरिङ लामा, लक्ष्मण गुरूङ, ईथान शाक्य, संतोष थुलुंग राई, सिमा सुब्बा लगायत विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।त्यसैक्रममा निर्देशक शोभित बस्नेत, र व्यवसायीहरु रञ्जित शाह, लक्ष्मण सापकोटाले छिट्टै अष्ट्रेलियामा छायांकन हुने पि आर नामक चलचित्र घोषणा समेत गरेका थिए।






