बालिकालाई अश्लिल भिडियो देखाउने युवक पक्राउ

phone-music-videoकाठमाडौँ- बालिकालाई अश्लिल भिडियो देखाएको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्ने मकवानपुर हेटौंडा नगरपालिका–२ संगम चोक घर भएका ३० बर्षीय सुरेश बानियालाई प्रहरीले पक्राउ गरेको छ ।

बानियाले शुक्रबार मिलन चोकमा सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ बर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लिल भिडियो देखाउनुका साथै गोप्य अंग समेत देखाएको भनी बालिकाका आफन्तले आइतबार प्रहरीलाई खवर गरे पश्चात प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।