सञ्चारकर्मी बस्नेतको तीज कोसेली सार्वजनिक

लन्डन । हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर बेलायतस्थित सञ्चारकर्मी  नरेन्द्र बस्नेतको तीजको कोसेली सार्वजनिक भएको छ । ‘रुन बरीलै’ बोलको उक्त तीजगीतको म्युजिक भियिो गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

यस अघि पनि बस्नेतले ‘पापी घरैमा’, ‘चिटिक्कै मलाई सुहायो’ जस्ता लोकप्रिय गीतहरु सार्वजनिक गरिसकेका छन् । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा शंकर बीसीको निर्देशन रहेको छ भने शंकर बिसी र रीना थापा मगरले अभिनय गरेका छन् ।

त्यसैगरि भिडियोमा मधुर बस्नेतको छायांकन, नविन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको श्रृंगार रहेको छ । गीतलाई मारुनी रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *