बेलायतमा स्वामी अरुणको ध्यान शिविर सन्चालन हुदै

लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो अगष्ट २३ देखि २६ तारिखसम्म लन्डन नजिकै De Vere, Latimer Estate, Chesham, Buckinghamshire HP5 1UG मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले shankardhakal@hotmail.com वा oshoanandabodhi@gmail.com मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो।

स्वामी अरुणले गत तेह्र वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।
“राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो।
www.oshoanandbodhilondon.co.uk/2019-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *