लण्डन। नेपालमा बक्स अफिस सफलता हासिल गरिरहेको फिल्म ‘जारी’ का निर्देशक र कलाकारहरु लण्डन आइपुगेका छन् । कलाकारहरु दयाहाङ राई र मिरुना मगर तथा निर्देशक उपेन्द्र सुब्बा बेलायत आएका हुन् ।
कलाकार विजय बराल भने भिसा नलागेका कारण आउन पाएनन् ।
‘जारी’ टिम शुक्रबार बिहान बेलायत आएको हो । बेलायतका विभिन्न शहरमा प्रदर्शन हुने जारीको शोमा उनीहरू सहभागी हुनेछन् । भोलि अल्डरसटमा प्रिमियर शो हुँदैछ ।

लण्डनवासी नायिका मिरुनाकी आमा शशी थापा सुब्बाले पहिलो पटक छोरीसंगै जारी फिल्म हेर्न उत्साहित भएको बताइन् ।
कलाकार निर्देशकको टोली करिब १० दिन पछि नेपाल फर्कने छ ।
लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तु समेटिएको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् ।







