कांग्रेस-एमाले सत्ता टिकाउने खेलमा लागे

भैरहवा, ५ बैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार केन्द्रित दलहरु सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संबिधान जारी हुन नसकेको बताएका छन् । आज गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको कारण मुलुकमा समस्या निम्तिएको उल्लेख गरे ।
३० दलीय मोर्चाको संयोजक समेत रहेका प्रचण्डले कांग्रेस–एमाले नेतृत्वको सरकार सहमति गर्न भन्दा विमति गर्न उद्धत भएकोले मुलुकमा संक्रमणकाल लम्बिएको बताए । मोर्चामा देखिएको खटपट सामन्य भएको जनाउदैं केही दिनमा त्यसको समाधान हुने उनको भनाइ थियो । उनले बिपक्षी मोर्चा सहमतिमा संबिधान जारी गर्ने सोचमा रहेकाले सरकार र सरकार बाहिर बसेका सम्पुर्ण दल  मिल्नुको बिकल्प नरहेको उल्लेख गरे ।