नयां वर्ष शुभकामना सांझका लागि कलाकार पत्रकार भेट २८ अप्रिलमा :

शिब भण्डारी

लन्डन ,

बेलायतमा नयां वर्ष २०७२ को अवसरमा हुन गइरहेको कार्यक्रममा भाग लिन अप्रिल तेश्रो साता लन्डन आउन लागेका कलाकारहरुसंग पत्रकार भेटघाट हुने भएको छ । आयोजक बीजीजे समूहले २८ अप्रिल सांझ ७ बजे लन्डनस्थित गोर्खा स्पाइस्वल्र्डमा पत्रकार भेटघाट राखेको हो । आयोजक मध्ये एक वीरेन खड्काले पत्रकार कलाकारबीच प्रत्यक्ष चिनजान र आफ्ना जिज्ञासा मेटाउन कार्यक्रम तय गरिएको जनाएका छन् ।ANj 1

नयां वर्ष शुभकामना सांझका लागि लोकप्रिय कलाकारहरु गायिका अन्जु पन्त, नायिका प्रियंका कार्की र गायक शिव परियार लन्डन आउने तय भइसकेको छ ।

नववर्ष शुभकामना सांझको पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा हुने तय भएको छ । दोश्रो शो ऊलवीचको न्यू वाइन चर्च हलमा ३ मेमा हुंदैछ । त्यसैगरि, ग्रीनफोर्ड टाउन हलमा ९ मे र अन्तिम शो फोकस्टोन केन्टमा १० मे मा हुने आयोजकले जनाएका छन् ।anju 2

आयोजकले नेपाल पत्रकार महासंघ, बेलायतका पदाधिकारी, सदस्य तथा अन्य समस्त मिडियाकर्मीमा उपस्थितिका लागि निमन्त्रणा गरेका छन् ।