बेलायत उत्रिए परराष्ट्रमन्त्री कमल थापा

लण्डन । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा ५ दिने बेलायत भ्रमणको शिलशिलामा  कतार एअरवेजको विमानबाट बुधबार बिहान करिब साढे ६ बजे उनी लण्डन आइपुगेका छन् । बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले विमानस्थलमा मन्त्री थापालाई स्वागत गरे । थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल र निजी सचिव भरतकुमार रेग्मी ,उनकी श्रीमति पनि छन् kamal thapa

उनले आज बिहान ११ बजेदेखि नै यहांका अधिकारीहरुसंगको भेटघाट सुरु गर्नेछन । नेपाल बेलायत सम्बन्धको दुई सय वर्षगांठको उपलक्ष्यमा आज सांझ यहांको विदेश मन्त्रालयमा आयोजना हुने एक विशेष समारोहमा उनी सहभागी हुनेछन मन्त्री थापाले १९ डिसेम्बर, शनिवारसांझ लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपाली संघ, बेलायतसहित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने एक कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको 
छ ।