पुनर्निर्माण विधेयक पारित

CA
काठमाडौं- व्यस्थापिका संसदले बुधबार पुनर्निर्माण प्राधिकरणसम्बन्धि विधेयक पारित गरेको छ ।

कानुन मन्त्री अग्नि खरेलले मंगलबार पेस गरेको विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित हुने बेलामा मधेसी दलका सभासदहरुले भने संसद बहिष्कार गरे ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि काम थाल्न उक्त कानुन ल्याइएको हो । भूकम्प गएको ८ महिनापछि संसदले पुनर्निर्माण सम्बन्धी काननु बनाएको छ ।

मंगलबार मधेसी दलका सभासदहरुको नाराबाजीकाबीच सरकारले संसदमा पुनर्निर्माण र संविधान संशोधनको विधेयक पेस गरेको थियो ।