अछाम, ५ वैशाख । यहाँ एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वानरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ । बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूलो र हातखुट्टा मोटो रहेको भए पनि औँला भने अन्य शिशुको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताउनुभयो । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिनुभयो ।
वानर जस्ता बालक






