लण्डन । बेलायतमा हरेक बर्ष आयोजना गरिदै आएको बुद्ध जयन्ती समारोह यस वर्ष स्थगित गरिएको छ । बुद्ध फाउण्डेसन युकेले यस पटक बुद्ध जयन्ती नमनाउने जनाएको हो ।
बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष अध्यक्ष दीपक श्रेष्ठले बुद्ध जयन्ती यसपटक सेन्ट्रल लन्डनस्थित ट्राफल्गर स्क्वायरमा ठाउँ नपाएका कारण गर्न नसकिएको जानकारी गराएका छन ।

साथै उनले आगामी वर्ष भने समयमै ठाँउ बुक गरी बुद्ध जयन्ती कार्यक्रम गरिने जानकारी दिए । हरेक वर्ष आयोजना गरिदै आएको बुद्ध जयन्ती समारोह यस बर्षको मे महिनामा लण्डनको ट्राफल्गरमा आयोजना गर्ने तयारी गरिएपनि ट्राफल्गर स्क्वायरमा ठाँउ नपाएका कारण गर्न नसकिएको आयोजक बुद्ध फाउण्डेसन युके अध्यक्ष श्रेष्ठले लन्डन नेपाल न्यूजलाई बताए।
अध्यक्ष श्रेष्ठले शुक्रबार एक वक्तव्य जारी गर्दै बेलायती राजा चार्ल्सको राज्यभिषेक समारोहका कारण कार्यक्रमका लागि गरिएको बुकिङ सम्बन्धित निकायबाट रद्ध गरिएको जानकारी गराएका छन्।
बेलायतमा हरेक बर्ष एनआरएनए, नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुद्ध जयन्ती समारोह आयोजना गरिदै आएको थियो ।







