एनआरएनलाई प्रवासमा रहेका नेपालीहरुको लिडर बनाउँछुः श्रेष्ठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय सम्मेलन नजिकिंदै गइरहेको छ । सम्मेलन नजिकिंदै गइरहँदा अधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ । यसै सिलसिलामा आठौ अधिवेशनको लागि महासचिवमा वर्तमान अन्तराष्ट्रिय समन्वय परिषद् सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । यूरोपको एउटा मुलुक बेल्जियमबाट प्रतिनिधित्व गर्दै एनआरएनएको अभियानमा संस्थाको साधारण सदस्यदेखि दूई पटक आई सी सी सदस्य, यूरोप संयोजक, सचिवसम्मको भूमिकामा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । महासचिवका उम्मेदवार श्रेष्ठसँग लन्डन नेपाल न्यूज डट कमका लागि काठमाडौंमा शिव भण्डारीले आठौ अधिवेशन र एनआरएनएको विषयका केन्द्रित रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादीत अंश ।

तपाईले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमै उम्मेदवारी किन ?

एनआरएनए अभियान केवल सामाजिक संस्थामात्र होइन । र, आलोचकहरुले भनेजस्तो ‘धनीहरुको क्लव’मात्रै पनि होइन । प्रवासमा रहेका पचासौं लाख नेपालीको सामाजिक अंक भइसकेको एनआरएनएमा म पनि दशकदेखि क्रियाशील छु । संस्थाको साधारण सदस्यदेखि आईसीसी सदस्य, यूरोप संयोजक हुँदै सचिवसम्मको भूमिका मेरो क्षमता र योग्यताले भ्याएसम्म इमान्दारितापूर्वक पूरा गरेको छु ।

क्रमिक वृत्ति विकास मानवीय गुण पनि हो । तसर्थ स्वभाविकरुपमा मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको छु । मैले उम्मेदवारी घोषणा गरेपछि जुनखालको सदभाव र शुभकामना पाएको छु, त्यसले मलाई ऊर्जा थपेको छ ।

महासचिवमा उम्मेदवारी घोषणा गरिरहँदा तपाईका चुनावी एजेन्डा के के छन् ?

एनआरएनएमा कुनै नयाँ योजना र कार्यक्रमहरु भन्दा अहिले जुन नीति र कार्यक्रमहरु छन्, तिनलाई नै व्यवस्थित गर्नुपर्ने खाँचो छ । समयले नयाँ नयाँ आवश्यकताहरु सिर्जना गर्दै जान्छ । तिनलाई संस्थाले क्रमश: सम्बोधन गर्दै जान्छ नै । तर विश्व सम्मेलनमा मैले जुन पदमा उम्मेदवारी घोषणा गरेको छु, त्यो संगठनको व्यवस्थापनसँग सम्बन्धित छ ।

संगठनभित्र एक दुई दिन के–के गर्नुपर्छ भन्नेमा अथवा सुधारका लागि के गर्नुपर्छ भन्नेमा पनि म परिचित छु । आम एनआरएनएले बुझ्ने भाषामा भन्दा प्रवासमा रहेका नेपालीहरुको लिडर बनाउने कोसिस मेरो रहन्छ । अहिले त्यस्तो छैन भन्ने होइन, तर हरेक प्रवासी नेपालीको अपनत्व विकास हुने खालको एनआरएनए बनाउनेतर्फ मेरो ध्यान रहन्छ ।

हामी कुनै लोभ लालच र केही पाइन्छ भनेर संस्थामा क्रियाशील भएका पनि होइनौं । हामी त आफ्नो दुःखले वचत गरेको पैसा खर्च हुन्छ भन्ने जान्दा जान्दै संस्थामा आबद्ध भएका हौं ।
एनआरएनएको संस्थागत विकासमा तपाईको योगदान के रहन्छ ?

एनआरएनए अहिले पनि सामूहिक निर्णयका आधारमा चल्छ । यो कुनै राजनीतिक संगठनजस्तो होइन, माथिबाट निर्देशन दिने तल्लो कमिटीले पालना गर्ने । हामी कुनै लोभ लालच र केही पाइन्छ भनेर संस्थामा क्रियाशील भएका पनि होइनौं ।

हामी त आफ्नो दुस्खले वचत गरेको पैसा खर्च हुन्छ भन्ने जान्दा जान्दै संस्थामा आबद्ध भएका हौं । संस्थामार्फत सामूहिकताका आधारमा मातृभूमिलाई एउटा इँटा थपौं भनेर अभियानमा लागेका हौं । एनआरएनएको मुल मर्मलाई आत्मसात गर्दै संस्थागत विकासमा क्रियाशील रहन्छु ।

एनआरएनएमा तपाईको प्रवेश कहिले गर्नुभयो र हालसम्म कुन कुन पदमा बसेर काम गर्नुभयो अर्थात यहाँको एनआरएन अभियान बारेमा बताइदिनुस न ?

एनआरएनएमा म यूरोपको एउटा मुलुक बेल्जियमबाट प्रतिनिधित्व गर्दछु । संस्थाको साधारण सदस्यदेखि दूई पटक आई सी सी सदस्य, यूरोप संयोजक, सचिवसम्मको भूमिकामा रहेर मैले काम गरेको छु ।

सीमित देशबाट सुरु भएको एनआरएनए अभियान अहिले ७७ देशमा पुगेको छ । आवश्यकताको सिद्धान्तका आधारमा अन्य मुलुकमा पनि विस्तार हुन्छ । संस्थाको विधान बमोजिम आवश्यक मुलुकमा विस्तार गर्न र विश्वभरका नेपालीलाई एउटै सुत्रमा बाँध्ने भूमिकामा मेरो प्रयास सकारात्मक रहन्छ ।
तपाईको विचारमा एनआरएनका अहिलेका चुनौती के–के छन् ?

एनआरएनएको अभियान प्रष्ट छ । नीति प्रष्ट छ, कार्यक्रमहरु उस्तै छन् । हामीले हात हालेका हरेक सामाजिक काहरु उत्तिकै प्रभावकारी भएका छन् । तर, हाम्रो चुनौति व्यवहारिक छ ।

हामी कुनै एउटा ठाउँमा रहेका व्यक्तिहरुले खोलेको संस्थाजस्तो होइन, संसारभर रहेका नेपालीहरुको साझा संस्था हो । स्रोत साधन रहे पनि व्यवहारिकरुपमा हामीलाई सँगै बसेर काम गर्न कठीनाईहरु छन् । त्यसैले कहिलेकाँही सोचेजस्तो समयमा परिणाम ल्याउन सकिंदैन । यीयस्ता व्यवहारिक चुनौति हामीसँग छन् ।

तपाईलाई विश्वभरका एनआरएनले कसरी चिन्ने ?

एनआरएनएका माध्यमबाट मातृभूमिलाई केही दिन चाहने साधारण नेपालीकोरुपमा चिनिदिए पुग्छ ।

नेपालको आर्थिक समृद्धिका लागि एनआरएनले के कस्ता काम गर्नुपर्ला ?

नेपालको राजनीतिक आन्दोलन सकिएपछि मुलुक औपचारिकरुपमा समृद्धितर्फ अघि बढेको छ । हालसालै भएको स्थानीय तहको चुनाव र केही महिनामै हुने प्रदेश र केन्द्रीय संसदकोपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ भन्नेमा हामी आशावादी छौं । नेपालमा लगानीको वातावरण बनेको खण्डमा आर्थिक विकास, रोजगारी सिर्जनालगायतका काममा हामी क्रियाशी हुन्छौं ।

लाप्राक पोजेक्टबारे तपाईको धारणा के छ ?

भूकम्पले क्षतिग्रस्त भएको गोरखाको लाप्राकमा एनआरएनएले एक हजार घर बनाउने प्रतिबद्धता गरेबमोजिम काम अघि बढेको छ । अहिले पनि काम तीब्ररुपमा भइरहेको छ । तर, हामीले बनाउने भनको वस्तीमा केही चुनौतिहरु छन्, मोटरबाटोको अभाव छ । आवश्यक पुँजी, प्राविधिक, जनशक्तिको पाटो बलियो भए पनि दुर्गम ठाउँ भएकाले सोचेजति गति लिन सकेन, समयमा पूरा गर्न सकिएन । तर, हाम्रो अठोट निकट समयमा नै पूरा हुन्छ ।

प्राकृतिकरुपमा यति मनोरम र भरिपूर्ण देश छ । हामी एनआरएन संसार घुमिसक्दा पनि नेपालकोजस्तो हावापानी, नेपालीकोजस्तो हस्पिटालिटी पाउन सकेका छैनौं ।
एनआरएनमा विधान संशाधनको विषय उठी रहेको छ , के विधान संशोधनको आवश्यकता देखिएको हो ?

जीवन्त संस्थाको विधान संशोधन भइरहन्छ, यो कुनै पनि नौलो कुरा होइन । विधान संशोधनका लागि संस्थागत विधि विधानहरु हुन्छन् । ती फोरमले चाहेमा विधान संशोधन हून्छ ।

एनआरएन अहिले ७७ वटा देशमा मात्र विस्तार भएको छ, थप देशमा विस्तार गर्न तपाईको भुमिका के रहन्छ ?

सीमित देशबाट सुरु भएको एनआरएनए अभियान अहिले ७७ देशमा पुगेको छ । आवश्यकताको सिद्धान्तका आधारमा अन्य मुलुकमा पनि विस्तार हुन्छ । संस्थाको विधान बमोजिम आवश्यक मुलुकमा विस्तार गर्न र विश्वभरका नेपालीलाई एउटै सुत्रमा बाँध्ने भूमिकामा मेरो प्रयास सकारात्मक रहन्छ ।

खाडी मुलुकको समस्या समाधानमा तपाईको प्रयास के हुनेछ ?

एनआरएनए अभियानमा यूरोप, अमेरिकामात्र होइन, खाडी मुलुकमा रहनुभएका नेपालीहरुको पनि अथक मिहिनेत, योगदान र भूमिका छ ।

खाडीमा रहनुभएका सबै एनआरएनप्रति म आजको दिनमा नमन गर्न चाहन्छु । संस्था दर्ता, भवन निर्माण, भूकम्पपछिको पुनर्निर्माणमा जसरी खाडी क्षेत्रबाट सहयोग जुटेको छ, त्यहाँ रहनुभएका एनआरएन साथीहरुको चासो र सरोकारका विषयलाई हल गर्न व्यक्तिगतरुपमा म र संस्थागतरुपमा आईसीसी तत्पर छ ।

अन्तमा के भन्नुहुन्छ ?

प्राकृतिकरुपमा यति मनोरम र भरिपूर्ण देश छ । हामी एनआरएन संसार घुमिसक्दा पनि नेपालकोजस्तो हावापानी, नेपालीकोजस्तो हस्पिटालिटी पाउन सकेका छैनौं । तर, पनि हामी विदेशिएका छौं । हाम्रा स्रोत साधनहरुको सही उपयोग गर्न नसक्दा त यो भएको हो । तसर्थ, सकारात्मक सोचेर अघि बढौं । नेपाल समृद्ध बनाऔं । नेपाल समृद्ध भएमात्रै विश्वभर रहेका नेपालीको इज्जत बढ्छ ।