हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएन ) हङकङले एनआरएन आइसिसी महिला विभाग प्रमुख रजनी प्रधानसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हङकङको एनआरएन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रधानले महिला विभागका गतिविधी, महिला फोरमको भुमिकालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम एनआरएन महिला फोरम हङकङमा आबद्ध महिला दिदी बहिनीहरुको बाक्लो सहभागिता थिथो । कार्यक्रममा एनआरन हङकङ अध्यक्ष टिका गुरुगं, महिला फोरम संयोजक अनु राईलगायतको सहभागिता थियो । सोही अवसरमा एनआरएन एसिया प्याशेसिफक सम्मेलन तथा महिला सम्मेलन भाग लिन हङकङ आउनु भएको महिला विभाग प्रमुख प्रधाललाई भब्य रुपमा बिदाईसमेत गरियो ।

फेसबुक कमेन्ट