लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको दसौँ पदस्थापना समारोहको तयारी पुरा

उतर क्यालिफोर्नियाको समाजसेवाको क्षेत्रमा एक सम्मानित सस्था लायन्स क्लब अफ बर्क्ली अंनपूर्णको  दशौँ ऐतिहासिक पदस्थापना समारोह यही जुलाई १२, २०१५ आइतवार  सम्पन्न हुन गई रहेको र   सो को सम्पूर्ण तयारी भईसकेको समाचार छ। सन २००६मा लायन राजेन थापाको अध्यक्षतामा चार्टर गरिएको सो सस्थाको स्पोन्सर ९६ बर्ष पुरानो लायन्स क्लब अफ बर्क्लीले गरेको थियो। क्लबको नवौं तथा द्वितिय महिला अध्यक्ष लायन हेमा पनेरुको कार्यकाल सफलता साथ सम्पन्न भएको  छ र सो क्लबका चार्टर मेम्बर तथा प्रथम ऊपाधक्ष लायन ध्रुव थापा नयाँ अध्यक्षको रुपमा निर्वाचित भैसक्नु भएको छ।
पास्ट इन्टर्न्याश्नल डाइरेक्टर बिल आनाकोनद्वारा पुराना अध्यक्ष लगायत अफिसरहरुलाई सधनयवाद औपचारिक विदायी गर्दै नयाँ नेत्रित्वलाई पदस्थापना गर्नु हुनेछ। त्यसै गरी लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण द्वारा स्पोन्सर गरिएको लायन्स क्लब अफ फ्रिमोन्ट सगरमाथाको द्वितिय पदस्थापना समारोह पनि संयुक्त रुपमा हुनेछ। सो अवसरमा चार्टर प्रेसिडेन्ट राजन बर्तौलाई सधनयवाद विदायी गर्दै नव निर्वाचित अध्यक्ष लायन लायन शंकर कार्की लाई पदस्थापना गरिने छ। बर्क्ली मरिना स्थित  हिज लर्डशिप रेस्टुराँ मा सम्पन्न हुने सो समारोहमा एक सङ्क्षिप्त सास्कृतिक प्रस्तूती समेत् हुने कुरा कार्यक्रम सँयोजक लायन कौशल प्रताप राणाले बताउनु भएको छ। सो सास्कृतिक प्रस्तूतिको सँयोजन एभ्रेस्ट सास्कृतिक गतिविधी समूह कि सस्थापक तथा क्लब किकोषाधक्ष तथा नव निर्वाचित  त्रितिय ऊपाधक्ष  लायन बिन्दु सापकोटाले गर्नु भएको छ।
गत लायन बर्ष देखी डीस्ट्रिक्ट क्याबिनेट्मा सँलग्न भएको यो क्लबको डिस्ट्रिक्ट ४ सि ३ मा लायन राजेन थापा सेकेन्ड भाईस डिस्ट्रिक्ट गभर्नर मा निर्वाचित भएको परीप्रेक्षमा दसौं पदस्थापना समारोह ऐतिहासिक र भव्य हुने कुरा बताइन्छ। सो समारोहमा उपस्थित हुन यस् क्षेत्रका कम्युनिटी लिडर लगायत सम्पूर्णलाई हार्दिक आमन्त्रण गरिएको छ।