रेडिंगका सक्रिय नेपालीले गरे विद्यार्थीलाई सहयोग, १९ जनवरीमा च्यारिटी गर्दै

लण्डन । आफ्नो जन्म भुमी त्यागेर बेलायतलाई कर्मथलो बनाउँदै आएका रेडिंग क्षेत्रमा सक्रिय नेपालीले नेपालका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएका छन ।  नेपाली हरुको च्यारिटी संस्था पेनी फर नेपालको नाम बाट यस संस्थाले हालसम्म नेपालमा दर्जनौ सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
गरे के हुन्न रैछ त ?

यस संस्थाको मुख्य श्रोत हरेक सदस्यहरुको घरमा वितरण गरिएको पेनी बक्समा जम्मा भएका सिक्काहरु र सहयोगी मनहरुबाट प्राप्त सहयोग रकम यसको मुख्य आयस्रोत रहेको छ।

बेलायतमा गठन गरिएका सयौं नेपाली संघसंस्थामा पद, माला र खादाको होडबाजी नै चलेको सन्दर्भमा यो संस्थाको विशेषता भनेकै निर्बिबाद रुपमा सबै सदस्यहरु समान रुपमा क्रियासिल छन् ,हाल यस संस्थामा पुकार श्रेष्ठ, आशिता गुरुङ, बालकृष्ण दाहाल, संगीता गुरुङ, दीर्घराज खान, रबिन्द्र जोशी, प्रकाश गुरुङ, गंगा प्रसाद गुरुङ, प्रताप श्रेष्ठ, अर्जुन सिंह, सुबिन गुरुङ, अमृत रामुदामु र शान्त श्रेष्ठ सदस्य रहेका छन ।

अहिले सम्म संस्थाले गरेका मनकारी कार्य यस्ता छन्

१ भूकम्पबाट अति प्रभावित धादिंग जिल्लाको छत्रे देउरालीमा रोटरी क्लबसंगको सहकार्यमा राहत सहयोग उपलब्ध ,
२ श्रेया भुमेश्वोर माबि कास्कीको लागी सेतोपाती वितरण,
३ दिपेन्द्र माध्यमिक बिद्यालय बलिया कैलालीको लागी बिज्ञान प्रयोगशाला सामग्री वितरण
४ मेलघट्टी निमाबि रामशिकरजाला जनकपुरलाई बिद्यालय सामाग्री प्रदान,
५ श्रीराम सेवा उच्च माबि धर्मस्थली काठमाडौँको लागी पुस्तक तथा सामग्री वितरण
६ काठमाडौँ गोठाटार स्थित तेज विनायक उच्च माबिको पुस्तकालय लागि पाँच सय बत्तीस पाउण्डको पुस्तक तथा प्रिन्टर
७ काठमाडौँ गोठाटार स्थित तेज विनायक माबिको ज्योती असहाय केन्द्र लाई नै तीन सय पाउण्डको पुस्तक झोला र जुत्ताहरु
८ ओम शिब शक्ति कल्याणी केन्द्र लामाचौर पोखराका बालबच्चाहरुलाई आबश्यक खर्च उपलब्ध गराउने जस्ता दर्जनौ कल्याणकारी कार्यहरु सम्पन्न गरेको छ यी सम्पूर्ण विवरण संथाको वेबसाइटमा हेर्न सकिन्छ–http://apenny4nepal.co.uk/projects

नेपालका विपन्न विद्यार्थीको सहयोगका ‘च्यारिटी डिनर’ गर्ने

बेलायतको रेडिंग क्षेत्रमा सक्रिय च्यारिटी संस्था पेनी फर नेपालले आगामी जनवरी १९ शनिबारका दिन स्पाइसी ओभन रेस्टुरेन्ट रेडिंगमा नेपालमा नेपालका विपन्न विद्यार्थीको सहयोग गर्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ।  नेपाली युवाहरुको पहलमा २००९ मा गठन भै च्यारिटीमा दर्ता भएको यो संस्था नेपालको पिछडिएको क्षेत्रका बालबच्चाहरुको शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सहयोगमा केन्द्रित रहेको पाइन्छ ।

कार्यक्रममा प्रति ब्यक्ति बयस्कको लागी २० पाउण्ड र दश बर्ष भन्दा मुनिका बच्चाको लागी १० पाउण्ड दरले संकलन गरेर बेलुकाको खाना सहित साँगितिक प्रस्तुती समेत गरिने आयोजक मध्येका काठमाडौँ गोठाटार स्थाई घर भै बिगत १८ वर्ष देखि बेलायत बस्दै आएका समाजसेवामा समर्पित एक सदस्य बालकृष्ण दाहालले लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिए ।

कार्यक्रममा उठेको रकम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सामाग्री खर्च गरिने दाहाल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *