काठमाडौं- ब्यवस्थापिका संसदको आइतबार बस्ने बैठकमा संविधान संशोधनको प्रस्तावमाथि बृहत छलफल हुने बताइएको छ ।
दिउँसो १ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने बैठकमा बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुनेछ । राष्ट्रिय जनता पार्टीलाई सहमति ल्याउन संशोधन प्रस्ताव संसद्मा लगिएको हो ।
बैठकमा भाषा, नागरिकता, राष्ट्रिय सभा र सीमांकन सम्बन्धमा छलफल हुँदैछ । आइतबारको छलफल सकिएपछि सोमबार उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को तयारी छ ।
बुधबार परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले धारणा रोखका थिए । बाँकी ४९ संशोधनकर्ताले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् । संशोधन प्रस्ताव पास भए जीत हासिल गरेको, नभए आन्दोलनको सन्देश लिएर प्रदेश नम्बर दुईमा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा जाने तयारी राजपाको छ ।






