काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् ।
नेपालमा अघोषित रुपमा नाकाबन्दी गर्न निर्देशन दिएर गल्ति गरिरहेका मोदीले अमेरिका अर्काे गल्ति गरेका छन् । आफ्नै देशको झण्डाको अपमान गरेर मोदी अमेरिकामा आलेचित भएका छन् । साथै भारतमा पनि उनको आलोचना सुरु भएको छ ।
सर्वत्र आलोचना सुरु भएपछि मोदीको स्वच्छ करियरमा ठूलो झट्का लागेको छ । भारतीय सञ्चार माध्यमले समेत मोदीको आलोचना गरेका छन् ।
अमेरिकामा बस्दै आएका भारतीय नागरिक शेफ विकास खन्नालाई दिएको एक अटोग्राफले मोदीको अमेरिका र भारतमा आलोचना सुरु भएको हो । अटोग्राफमा राखिएको झण्डामा साइन गरेपछि मोदी विवादको घेरामा परेका हुन् । भारतको संविधान अनुसार राष्ट्रिय झण्डामाथि कुनै पनि कुरा लेख्न पाइँदैन् । तर, मोदीले यो कुरालाई उल्लंघन गरेर विकास खन्नाको अटोग्राफ झण्डामा दस्तखत गरे जसका कारण आफ्नै देश र विदेशमा आलोचित बने ।
उसो त नाकाबन्दी लगाएर मोदी नेपालबाट पनि आलोचित भइरहेका छन् । सामाजिक सञ्जालमा उनको चर्काे विरोध भइरहेको छ भने देशैभरी प्रदर्शन र पुत्ला जलाइएको छ ।







