विप्लव प्रतिबन्धपछि सिंहदरबार प्रवेशमा अझै कडाइ

काठमाडौं–प्रमुख प्रशासनिक केन्द्र सिंहदबारको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
यसैपनि सर्वसाधारणको सहज प्रवेश पहुँच नभएको सिंहदरबारमा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै थप कडाइ गर्न थालेको हो ।
अघिपपछि परिचय पत्र हेरेरभित्र प्रवेशको व्यवस्था भएपनि अहिले झोला जाँच गर्न थालिएको छ भने सवारी साधनको भित्र पनि जाँच गर्न थालिएको छ ।

भित्र प्रवेश गर्ने सवारी साधनको जाँचमा कडाइ हुन थालेपछि बिहानको कार्यालय समयमा सिंहदरबार आसपासमा सवारी जाम समेत हुन थालेको छ ।

साथै मन्त्रालयको मुख्य प्रवेशद्वारमा पनि अघिपछि भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *