फेरि फुट्यो संघीय गठबन्धन

काठमाडौं- स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ ।

गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् ।

संघीय गठबन्धनमा आवद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् ।