डा. केसीले अनसन तोड्न मानेनन्

काठमाडौं– स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा व्याप्त बेथिति अन्त्यका लागि २० दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन अन्त्य गर्न अस्वीकार गरेका छन् ।

केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा रिक्त डिनको पदपूर्तिपछि मात्र अन्य मागमा छलफल हुने बताएका छन्।

केसी अनसनले सिर्जना गरेको दबाबपछि आइओएम डिन डा. केपी सिंहले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। डा। केसीसँग विगतमा भएको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयले वरिष्ठताको मापदण्ड मिचेर सिंहलाई डिन नियुक्त गरेको थियो।

डिन नियुक्तिका अतिरिक्त त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामा वा बर्खास्तगीको माग पनि आफू कुनै हालतमा नछाड्ने उनले बताए।