बागलुङ अस्ट्रेलिया कम्युनिटीले स्व.पत्रकार टिका कार्कीको स्मृतिमा भलिबल प्रतियोगीता गर्दै

 सिड्नी । बागलुङ अस्ट्रेलिया कम्युनिटीले स्व.पत्रकार टिका कार्कीको स्मृतिमा भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका स्व.कार्कीको सम्झनामा प्रथम टिका कार्की स्मृति कप भलिबल प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष विकास सापकोटाले जानकारी दिए ।
कम्युनिटीले यही अप्रिल २४ तारिखमा पिसीवाईसी मरिकभिल्लेमा कार्यक्रम आयोजना गरेको उनले बताए । अस्ट्रेलियामा नेपाली पत्रकारिता,भलिबल तथा बागलुङ अस्ट्रेलिया कम्युनिटी  जस्ता विभिन्न सामाजिक क्षेत्रलाई भित्राउने स्वं कार्कीको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगीतामा विजेता हुने समुहलाई २ हजार डलर नगद सहित कप मेडल र प्रमाण पत्र प्रदान गरिने समाजले जनाएको छ । त्यस्तै रनरअपलाई १ हजार २ सय डलर नगद,कप मेडल र प्रमाणपत्र,बेष्ट प्लेयरलाई १५० डलर नगद कप मेडल र प्रमाण पत्र त्यसैगरी वेष्ट सटर र वेष्ठ ईस्पाईकरलाई नगद १ सय डलर कप मेडल प्रमाणपत्र र बेष्ट डिफेन्डरलाई नगद १ सय डलर कप मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगीतामा ११ वटा समुहबीच खेल हुने छ ।
कार्यक्रमको टाईटल स्पोन्सर मेट्रो होम्स र अर्बन होम्सले गरेका छन् भने अस्ट्रेलिया स्थित विभिन्न व्यापार व्यवसायहरुले सहयोग गरेका छन् । आयोजकले उपस्थित हुन सम्पूणर्लाई आग्रह गरेको छ ।
पत्रकार कार्कीको १ वर्ष अगाडी दुःखद निधन भएको थियो । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई हिमालयन रेडियो मार्फत नेपाली आवाज सुनाउने कार्की निकै लोकप्रिय र प्रभावशाली थिए । उनले विभिन्न सघंसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा पनि काम गरेका थिए ।