सिड्नी । प्रवासी नेपाली एकता मञ्च (ओएनयुएफ) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य समितिले २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना ग-यो। १५ मे शनिबार सिड्नी को टाउन हल स्थित लाईफ ब्लड सेन्टरमा जम्मा भएर प्रवासी नेपाली एकता मञ्चका सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक एवं ओएनयुएफ न्यू साउथ वेल्स राज्य समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समिति सचिव तथा अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे,एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, एन आर एन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओली लगायत संस्थामा आबद्ध सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो । न्यू साउथ वेल्स राज्य समितिले नियमित रुपमा बिभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको छ। 






