अष्ट्रेलियाले यात्रा प्रतिबन्ध मार्च १७ सम्म लम्ब्यायो

FILE PHOTO: Qantas aircraft are seen on the tarmac at Melbourne International Airport in Melbourne, Australia, November 6, 2018. REUTERS/Phil Noble/File Photo

सिड्नी ।
अष्ट्रेलियाले कोरोनाभाइरस महामारी लक्षित गरी लगाएको यात्रा प्रतिबन्ध आगामी मार्च १७ तारिखसम्म लम्बाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री जर्ज हन्टले कोरोनाभाइरसको विश्वव्यापी संक्रमण बढिरहेको भन्दै अझै तीन महिना यात्रा प्रतिबन्ध कायम गराउने निर्णय भएको जानकारी दिए ।

सरकारद्धारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले कोरोनाविरुद्धको खोप बजारमा आइसक्न लागेको भएपनि अझै यसको चुनौति बाँकी रहेको बताएको छ । यो संगैै १७ मार्च २०२१ सम्म कुनै पनि विदेशी यात्री यहाँ आउन पाउने छैनन, विदेशमा रोकिएका अष्ट्रेलियन नागरिकलाई विभिन्न राज्यको कोटा अन्तर्गत स्वदेश ल्याइने कार्यक्रम भने यथावत रहने छ । त्यसैगरी पाइलट परियोजना अन्तर्गक केही विद्यार्थीहरुलाई पनि प्रवेश दिइने भएको छ ।

हाल अष्ट्रेलिया सरकारले देशमा कोरोनाभाइरस नियन्त्रणमै राखेको छ । १७ डिसेम्बरमा खुल्ने भनिएको यात्रा प्रतिबन्ध फुकुवा गर्दा संक्रमण बढ्ने जोखिम भएको कारण देशबाट बाहिरीने तथा भित्रिने क्रमलाई रोक्ने निर्णय गरिएको हो । सरकारले गरेको यसप्रकारको निर्णयले भिसा प्रक्रिया पूरा गरी बसेका धेरैलाई समस्या परेको छ । अन्तराष्ट्रिय विद्यार्थी, पर्यटकहरु, विदा लिई स्वदेश गएकाहरुलाई पनि समस्या भएको छ ।