देव लामालाई तामाङ सोसाइटी अस्ट्रेलियाको सहयोग

अनु लामा
सिड्नी । गम्भीर स्वास्थ्य समस्या भएर काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचार गराइरहेका कलाकार, लेखक, पत्रकार एवम् गायक देव लामालाई तामाङ सोसाइटी अस्ट्रेलियाले सहयोग उपलब्ध गराएको छ । तामाङ सोसाइटी सिड्नी र तामाङ सोसाइटी मेलवर्नले सहयोग सन्कलन अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट संकलन भएको २ लाख ५७ हजार ३०४ रुपैयाँ नेपाल प्रतिनिधिमार्फत लामाको परिवारलाई हस्तान्तरन गरिएको छ।

देव लामा बिगत लामो समयदेखि अस्वस्थ्य भएर ओछ्यान परिरहेका छन् । उनी न त चल्न सक्छन, न त बोल्न नै । उनी खाना खानसमेत सक्दैनन । उनको घाँटीमा प्वाल देखिएको छ, जहाँबाट खाएको खानेकुरा बाहिर आउँछ। उनको उपचार ग्रीन सिटी हस्पिटल काठमाडौंमा भइरहेको छ । परिवारको कमजोर आर्थिक अवस्थाले उपचारमा ढिला भइराखेको समाचार सार्वजनिक भएसँगैअष्ट्रेलियामा रहेको तामाङ सोसाइटीले फण्ड रैजिङ्ग सुरु गरेको थियो ।

कोबिड १९ ले गर्दा अस्ट्रेलियामा बसोबास गर्ने बिद्यार्थीहरुको अवस्था  कमजोर रहेता पनि यस फन्ड रैजिंग अभियानमा आफुले सक्ने सहयोग गर्न बिद्यार्थीहरु पछि नहटेको संस्थाका अध्यक्ष सुनदोर्जे तामाङले बताए । यो अभियान बिशेष गरेर तामाङ सोसाइटी सिड्नी र तामाङ सोसाइटी मेलबोर्नको नेतृत्वमा संचलान गरिएको थियो। अभियानबाट नेपाली रुपैया २ लाख ५७ हजार ३ सय ४ रुपैयाँ उठेको थियो ।

सिङो बिश्व​ कोभिड १९ को म​हामारीस​ग​ जुधिरहेको यो संकटको घ​डीमा प​नि अस्ट्रेलियामा र​हेको तामाङ सोसाईटीले बिग​त लामो स​म​यदेखि उपचार गराइरहेका कलाकार​ देव लामाको थ​प उप​चार​को लागि सहयोग संकलन  गरेर अत्यान्तै सरहानिय काम गरेको छ । य​स फन्ड राइजिङ अभियानमा कोभिड १९ को स​म​स्यामा र​हे प​नि विद्यार्थीको सहभागिता निकै उत्साहपूर्ण     र​हेको थियो।