बेलायतबाट १४६ नेपाली बोकेर काठमाडौं उड्यो जजिरा एयरलाइन्स-

लण्डन । कोभिड-१९ का कारण लामो समयको प्रतिक्षापछि बेलायतमा रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् ।लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई जजिरा एयरलाइन्सको विमानमार्फत नेपाल पठाइएको हो । बेलायतबाट यो पहिलो उडान हो ।

जुन २४ बुधबार दिउँसो बेलायतको स्थानीय समय अनुसार ३ बजेर ५० मिनेटको समयमा १ सय ४६ यात्रु बोकेर लण्डन ग्याटविक विमानस्थलबाट नेपालका लागि उडान भएको छ ।

उडानको बीचमा विमान कुवेतमा डेढ घण्टा रोकिएपनि यात्रुहरु बाहिर निकालिने छैन् ।यात्रुहरु अर्को दिन बिहान ९ बजेर १० मिनेटमा उडान काठमाडौं अवतरण हुनेछन् ।बेलायतबाट नेपाल उड्ने जजिरा एअरलाइन्सका ए ३२० एअरबसमा एकपटकमा १ सय ५८ यात्रु बोक्ने क्षमता छ ।

जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेड मार्फत बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको लागि नेपाल सरकारले नै तोकेको ९ सय २० पाउण्ड ( ११ सय ५० डलर) मंहगो भएको भन्दै यहाँका नेपालीहरुले सामाजिक संजालमा सरकारको चर्को आलोचना गरेका छन ।

नेपाल फर्कन चाहनेहरुका लागि लन्डन स्थित नेपाली दुताबासले आह्वानगरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।बेलायतबाट दोस्रो चार्टर विमान २६ जुनमा ग्याटविक विमानस्थलबाट नै हुने नेपाली दूतावासले जनाएको छ ।

उनीहरूलाई विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी,उपनियोग प्रमुख शरदराज आरन,जर्नेल कुमारबाबु थापा, तृतीय सचिव तेजेन्द्र रेग्मी,एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ ,सदस्य प्रकाश कण्डेल,सल्लाहकार शेर बहादुर सुनार,बिष्णु चालिसे,डेविड गुरूगं लगायत पत्रकार महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष ध्रुब राज अर्याल,सचिव शिव भण्डारी लगायत सामाजिक संस्थाका प्रतिनिधि र दूतावासका अन्य कर्मचारीले बिदाइ गरेका थिए ।

नेपाल जाने यात्रु हरुमा कोरोना महामारीका बेला रोजगारी गुमाएका, भिसा सकिएका, अलपत्र विद्यार्थी, जाँच दिन आएका डाक्टर, तालिम लिन आएका सैनिक, कर्मचारी लगायत छन् ।

नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए ।

विमानस्थलमै दुतावासको कन्सुलेट सेवा

यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको हो।

ग्याटविक विमानस्थलबाट स्थलगत लाईभ-