सिड्नी । एडमन्सन पार्क बार्डिया नेपलिज कम्युनिटीको नयाँ वर्ष २०८१ सालको स्वागतार्थ आयोजित सांस्कृतिक तथा विविध कार्यक्रम सम्पन्न भएको छ । ५ अप्रिल २०२३ एडमन्सन बार्डिया पार्कमा आयोजित कार्यक्रममा क्याम्पेनटाउन सिटी काउन्सिलका मेयर जोर्ज ग्रेसिसस्को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा डेप्यिूटी मेयर मोसुध खलिल, लिभरपुल सिटीका डेप्यूटी मेयर फियोना माईकानट लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले नेपाली समुदाय अरु समुदाय भन्दा अझै बढी सक्रिय रहँदै आएको भन्दै अस्ट्रेलियाको अर्थतन्त्रमा पनि महत्वपूणर् योगदान पुर्याएको बताए ।

कार्यक्रममा बोल्दै एडमन्सन पार्क बार्डिया नेपलिज कम्युनिटीका अध्यक्ष रञ्जित वन्तले संस्थाले स्थानीय स्तरमा जनचेतनामूलक, सहित नेपाली भाषा संस्कृती जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताए । सोही अन्तर्गत नेपालकै चर्चित सुगम सगींतका गायक कणर् दासलाई उपस्थित गराई भव्य कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । बेलुका ६ बजेदेखि राति १० बजेसम्म चलेको कार्यक्रममा औपचारिक कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसपश्चात सांस्कृतिक कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा नेपालका चर्चित गायक कर्णदासले जीवन्त र कालजगी गीतहरु प्रस्तुत गर्दा दर्शकहरु शव्द शव्दमा झुमेका थिए । त्यस्तै उनले राष्ट्रभाव बोकेका नेपाली गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले देशप्रेम प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ, नारी निकुञ्ज अस्ट्रेलियाका अध्यक्ष संिगता चापागाईँ, एनआरएनएका विभिन्न पदमा रहेका पदाधिकारीहरु, एन्टाका अध्यक्ष रञ्जित शाह, निम्फाका अध्यक्ष सुदर्शन थापा मगर, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ, उपाध्यक्ष ईथान शाक्य , लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।






